सत्ताको चाबी अब काँग्रेसले बोक्नुपर्छः शेखर कोइराला

421 Shares

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काँग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ। 

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश अफ्ठ्यारो परिस्थितीमा गएको र नेपाली काँग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको टिप्पणी गर्नुभयो । 

उहाँले कुनैपनि देशमा मध्यममार्गी पार्टी कमजोर भए देश अराजकतातिर जाने जिकिर गर्नुभयो । नेपाली काँग्रेस सरकारमा रहेको तर सत्ताको चाबी वामपन्थीहरुसँग रहेको भन्दै सत्ताको चाबी काँग्रेसले खोल्नुपर्ने बताउनु भयो । काँग्रेसको भविष्यको प्रतिष्पर्धी नेकपा एमाले भएकाले एमालेले गरेका नराम्रा कामहरु नागरिक समक्ष लैजानुपर्ने बताउनु भयो । 

सांसद कोइरालाले कतार, दुबईहरु बनाउने नेपालीहरुले नेपाल बनाउन नसक्ने भन्ने नहुने बताउनु भयो । नेपाललाई नेपाल बनाउनुपर्ने बताउनु भयो ।