२०८२ साल जेठ २४ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

396 Shares

काठमाडौँ। २०८२ साल जेठ २४ गते शनिबार, तदनुसार ७  जुन २०२५ । एकादशी तिथी ० घडी ३३ पला उप्रान्त द्वादशी  तिथी प्रारम्भ  हुनेछ । चित्रा नक्षत्र १३ घडी ३८ पला उप्रान्त स्वाति नक्षत्र प्रारम्भ हुनेछ । बरियान योग बब करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५६ मिनेटमा हुनेछ। आज शनिबार चन्द्रमा तुला राशिमा । 

मेष राशि 
पारिवारिक सरसहयोगले कार्यमा सफलता पाइने योग छ। लेखनशैलीमा तीव्रता आउनेछ। पठनपाठनमा सफलता पाइने योग छ। न्यायिक कार्यमा प्राप्त सफलताले सबैको प्यारो बनिनेछ। 

वृष राशि 
काममा ढिलासुस्ती भएर जानेछ । अनावश्यक विवाद बढेर जाने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पहिने योग छ भने प्रेमी प्रेमी प्रेमिकाबीच मन मुटावको सिर्जना हुने देखिन्छ।

मिथुन राशि 
शैक्षिक क्षेत्रमा बाधा आउनेछ । आयमा कमी आउनुका साथै साथीभाइमा कलह बढेर जाने देखिन्छ । विपरीत कार्यमा लागिने योग रहेको छ। स्वास्थ्यमा गढबढ आउने देखिन्छ। 

कर्कट राशि 
मांगलिक कार्यमा सहभागी भइने छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । रोकिएका कामहरु पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउने छ ।

सिंह राशि 
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। पुराना साथीभाइसँग भेट हुनाले रमाइलो समय व्यतित गरिनेछ। मानसम्मान पाइने योग रहेको छ। पारिवारिक सरसहयोग मिल्ने देखिन्छ ।

कन्या राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा उतारचढाव आउने हुँदा खानपानमा विचार पुर्‍याउनु होला । सञ्चित धनको नाश हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ ।

तुला राशि 
बोलीको प्रभाव बढेर जानेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। न्यायिक कार्यमा प्राप्त सफलताले सबैको प्यारो बनिनेछ । तरल पदार्थबाट राम्रै फाइदा हुने देखिन्छ। 

वृश्चिक राशि 
आयआर्जनमा कमी आउनेछ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । आफन्तमा बहिरभाव आउनुका साथै साझेदारी काममा समेत बाधा आउने देखिन्छ । 

धनु राशि 
सामाजिक कार्यमा सफलता पाइने योग छ । व्यापार व्यवसायबाट ठूलो सफलता पाइने छ ।लेखनशैलीमा तीव्रता आउने देखिन्छ । आयमा वृद्धि हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ। 

मकर राशि 
अनावश्यक विवाद बढेर जानेछ । स्वास्थ्यमा गढबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। न्यायिक कार्यमा बाधा आउने देखिन्छ । गरिरहेको काममा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

कुम्भ राशि 
वैदेशिक कार्यमा बाधा आउने देखिन्छ । पतिपत्नीबीच वादविवादको सिर्जना हुने देखिन्छ । अर्काले गरेको गल्तीकाे पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ ।

मीन राशि 
न्यायिक कार्यमा तपाईँकै जित हुने देखिन्छ । धार्मिक क्षेत्रको भ्रमण गरिने योग छ । लेखनशैलीमा तीव्रता आउनेछ। दाम्पत्य जीवनमा सुखीयाली छाउने छ। प्रेम गर्ने अवसर जुट्नेछ।