मधेस प्रदेशको नाम जनक वा जानकी राखेको भए उत्तम हुन्थ्याेः  सभापति देउवा

306 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकी राखेको भए उत्तम हुने बताउनुभएको छ । 

जनकपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनकपुर राजा जनकको राजधानी, जानकी माता जन्मिएको ठाउँ भगवान रामले धनुष तोडेपछि स्वयंवरमा सीतालाई विवाह गरेको ठाउँ भएकाले पनि यसको महत्व धेरै रहेको बताउनु भयो । जनकपुर मैथिली विकसित भाषा बोलिने ठाउँ भएको बताउँदै उहाँले राजर्षी जनक सानो राजा नरहेको भन्दै जनकको राजधानी कम्बोडियामा समेत रहेको भन्ने गरिएको पनि बताउनु भयो । 

सभापति देउवाले थाइल्याण्डका राजालाई राजा जनककै सन्तान मान्ने गरिएको पनि बताउनु भयो ।