संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्छौंः मन्त्री पाण्डे

265 Shares

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताउनुभएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको समसामयिक र वर्तमान अवस्थालाई बोकेर हिँड्न सक्ने संस्कृति नीति सदनबाट पारित हुने बताउनु भयो । अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा रहेको पनि उल्लेख गर्नुभयो । 

अभौतिक विषयवस्तुलाई संरक्षण र संवर्द्धन गर्ने प्रवर्द्धन गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनु भयो । प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान लगायतको माध्यमबाट सम्पदा, संस्कृतिलाई संवर्द्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्ने बताउनु भयो । 

मन्त्री पाण्डेले नेपालको प्रकृति अनुपम रहेको बताउनु भयो । प्रकृति र संस्कृति नेपालको सम्पती भएको बताउनु भयो । संस्कृतिको उत्थान र विकास एवं प्रकृतिको उपयोगबाट नेपाल विश्वमाझ चिनाउनु जरुरी रहेको बताउनु भयो ।