छानबिन समिति बनाउन सत्तापक्ष तयार छ, छिटै संसदको अवरोध हट्छः अध्यक्ष दाहाल

312 Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदको अवरोध केही दिनभित्रै हट्ने बताउनुभएको छ। 

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । बालुवाटारमा बैठक गरेपछि बिस्तारै प्रगति भइरहेको उहाँको भनाइ छ । भरपर्दो छानबिनमा सरकारको प्रतिबद्धता आए संसदको अवरोध हट्ने बताउँदै उहाँले सत्तापक्ष छानबिन गर्न सहमत नै देखिएको तर छानबिन समिति बनाउने, पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन गर्ने वा अन्य केही गर्ने भन्नेमा सहमति नभएको जानकारी दिनुभयो । 

अध्यक्ष दाहालले अख्तियारमा भिजिट भिसा प्रकरणमा छानबिन शुरु भएको हुनाले विशेष अधिकारमा मुद्दा दर्ता नभएसम्म समिति बनाउन हुँदैन की भन्ने तर्क पनि सत्ता पक्षको रहेको बताउनु भयो ।