330
Shares
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबारका लागि तोकिएको बैठक बस्न नसकेपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
बिहीबार केहीबेर बसेको बैठक प्रतिपक्षीकाे अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो। बैठक शुक्रबार १ बजेका लागि सारिएको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उनीमाथि छानबिन हुनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।
संसद् अवरुद्ध हुँदा आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफल हुन सकेको छैन। यसैगरी संसद्मा विचाराधीन विधेयकहरू पनि अघि बढ्न सकेको छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया