२०८२ साल जेठ २३ गते शुक्रबारः कस्ताे छ आजकाे राशिफल ?

405 Shares

२०८२ साल जेठ २३ गते शुक्रबार तदनुसार ६ जुन २०२५ । एकादशी तिथी ६० घडी २ पला उप्रान्त द्वादशी  तिथी प्रारम्भ  हुनेछ । हस्ता नक्षत्र ७ घडी २९ पलाउ प्रान्त चित्रा नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग तैतिल करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५६ मिनेटमा हुनेछ। आज शुक्रबार चन्द्रमा कन्या राशिमा । 

मेष राशि 
व्यापार व्यवसायबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । पतिपत्नीबीच विवादको सिर्जना हुने देखिन्छ । विनाशीति खर्चको मात्रा बढेर जाने देखिन्छ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ ।

वृष राशि 
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। स्थानीय सम्पत्तिमा वृद्धि भएर जानेछ। शैक्षिक क्षेत्रमा बाधा आउने देखिन्छ ।

मिथुन राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा खराबी आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । मान्यजनमा विवादको सामना गर्नुपर्ने देखिन्छ । यात्रामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ ।

कर्कट राशि 
पठनपाठनमा बाधा आउनेछ । गरिरहेको काममा बाधा आउनुका साथै पशु तथा चौपायाबाट घाटा बेहोर्नुपर्ने देखिन्छ। गुप्ताङ्गसम्बन्धी समस्याले सताउने देखिन्छ। अनावश्यक खर्चको मात्र बढेर जानाले मानसिक तनाव बढेर जानेछ ।

सिंह राशि 
बाेलीको प्रभाव बढेर जानेछ । अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर जानेछ। आर्थिक कार्यमा सुधार भएर जानाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।

कन्या राशि 
मानसम्मानमा वृद्धि भएर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। शैक्षिक कार्यमा वृद्धि भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर जानेछ। मान्यजनबाट प्राप्त सरसहयोगले मनमा उत्साह बढेर जानेछ। 

तुला राशि 
दाम्पत्य जीवनमा कलह बढेर जानेछ। दौडधुपमा समय व्यतित हुनेछ । शारीरिक अस्वस्थता बढेर जाने देखिन्छ । आकस्मिक खर्चको मात्रा बढेर जानेछ। वैदेशिक कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। 

वृश्चिक राशि 
जग्गा जमिनसम्बन्धी काममा बाधा आउनेछ । आफन्तमा मतभेद रहन्छ । लामो दुरीको यात्राको अवसर जुटे तापनि विवादको सामना गर्नुपर्ने देखिन्छ । सजग रहनुहोला।

धनु राशि 
व्यवसायिक काममा सफलता प्राप्त हुनेछ । मानसम्मानमा वृद्धि भएर जानेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आध्यात्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनाले मनमा खुसी छाउनेछ। 

मकर राशि 
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। आकस्मिकरुपमा धनलाभ मिल्ने योग छ। साथीभाईको सहयोग प्राप्त हुनाले मनमा खुसी छाउनेछ। 

कुम्भ राशि 
सेयर कारोबारबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । आकस्मिक खर्चको मात्र बढेर जानेछ। न्यायिक काममा बाधा आउनेछ। स्वास्थ्यमा उत्तरचढाव आउने देखिन्छ । बोलीमा कठोरता आउने देखिन्छ ।

मीन राशि 
माङ्गलिक कार्यमा सहभागी भइनेछ । न्यायिक कार्यमा सफलता पाइनेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। मान्यजनको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ ।