सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुहुँदैनः सांसद भण्डारी

297 Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सत्ताको राप र तापमा नेताहरुले मुलुकलाई र जनतालाई घाटा हुने काम गर्न नहुने बताउनुभएको छ । 

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीतिगत भएपनि वा नभएपनि कसैले पनि जनता र देश हित विपरित काम गर्न नहुने बताउनु भयो । 

उहाँले मन्त्रिपरिषद्को निर्णयमा जे पनि गर्न नपाइने बताउनु भयो । जनता र देश हित विपरित काम गर्नेहरु सबैलाई कारबाही गर्नुपर्ने धारणा राख्नुभयो । सांसद भण्डारीले नेपालका कुनैपनि नेताहरुले संवैधानिक निकायमा आफ्ना व्यक्ति खोज्ने काम गर्न नहुने बताउनु भयो ।