काठमाडौं । हङकङविरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन् ।
बुधबार हङकङ द्वस्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हङकङलाई नजिकबाट नियालेको बताए । हङकङ बलियो टोली भएको बताएका मुख्य प्रशिक्षक रसले हङकङलाई राम्ररी अध्ययन गरेको बताए । रातिको खेलमा हङकङको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मिहेनत गरेकाे उल्लेख गरे । हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रस्टाए ।
हङकङसँगको उच्चस्तर खेल हुने बताएका मुख्य प्रशिक्षक रसले हङकङविरुद्ध आफूहरुले उत्कृष्ट खेल प्रश्तुत गर्ने उल्लेख गरे । प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोङले हङकङसँगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागिसमेत उत्कृष्ट अभ्यास गरेको बताए ।
बिहीवार हुने मैत्रीपूर्ण खेलका लागि टोलीले बुधबार बेलुका अन्तिम अभ्यास गरेको छ । हङकङले यसै मैदानमा केहीदिन अघि म्यानचेष्टर युनाइटेडसँग ३-१ गोल अन्तरले हारकाे स्वाद पाएको थियो । हङकङको टोली फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया