काठमाडाैं । २०८२ साल जेठ २२ गते बिहीबार । तदनुसार ५ जुन २०२५ दशमी तिथी ५६ घडी २ पला उप्रान्त एकादशी तिथी प्रारम्भ हुनेछ । उत्तर फाल्गुणी नक्षत्र २ घडी ३ पला उप्रान्त हस्ता नक्षत्र प्रारम्भ हुनेछ । सिद्ध योग तैतिल करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५५ मिनेटमा हुनेछ । आज बिहीबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
स्वास्थ्यमा शिथिलता आउनेछ । नशासम्बन्धी समस्याले सताउने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । विपारित लिङ्गीबाट धोका पाहुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
वृष राशि
पराक्रम बढेर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पैत्रिक सम्पत्तिमा वृद्धि हुनुका साथै दाजुभाइको साथ सहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ।
मिथुन राशि
मान सम्मान पाइने योग छ । लेखनशैलीमा तीव्रता आउनेछ । साथीभाइको भेटघाटले मनमा उत्साह बढ्नुका साथै फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ ।
कर्कट राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । मुद्दा मामिलामा फसिने योग छ । लेखनशैलीमा कमी आउनेछ। अनावश्यकरुपमा वादविवादमा फसिनुका साथै धनमाल हराउन सक्ने देखिन्छ ।
सिंह राशि
गरिरहेको काममा बाधा आउनेछ । जागिरमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । स्थान परिवर्तनको योग रहेको छ। मान्यजनको स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ ।
कन्या राशि
वैदेशिक कार्यमा बाधा आउनेछ । आर्थिक लेनदेनका विवादको सामना गर्नुपर्ने देखिन्छ । पैत्रिक सम्पत्तिमा दाद भएको मनमुटाव हुने देखिन्छ । आफन्तमा बहिरभाव उत्पन्न हुने योग छ।
तुला राशि
व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ। माङ्गलिक कार्यमा सहभागी भइने छ । दाजुभाइमा माधवरियता छाउनेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ ।
वृश्चिक राशि
मानसम्मानमा अघात पुग्नेछ । राज्यपक्षबाट कष्टता पाइने योग छ। न्यायिक कार्यमा असफलता पाउनुका साथै संचित धन नाश हुनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।
धनु राशि
सामाजिक कार्यमा बाधा आउनेछ । पारिवारिक मनमुटावको सिर्जना हुनेछ। मातृ स्वास्थ्यमा समस्या आउनुका साथै भौतिक साधनमा खर्चको मात्रा बढेर जानाले मनमा चिन्ता बढेर जानेछ।
मकर राशि
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । शत्रु पक्षबाट तपाईंकै जित हुने योग छ । लामो दुरीको यात्राको अवसर जुट्नेछ। मातृ सहयोगले काममा थप हौसला प्राप्त हुने देखिन्छ।
कुम्भ राशि
वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ । अध्ययन अध्यापनमा सफलता पाइने योग छ। कृषि तथा चौपायाबाट राम्रै लाभ लिन सकिनेछ। स्थानीय सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ ।
मीन राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ । दौडधुपमा समय व्यतीत हुनेछ । जागिरमा अपजसको सामना गर्नुपर्ने योग छ । शेयर कारोबारमा घाटा व्यहोर्नु पर्ने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया