काठमाडाैं । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले संसद गम्भीर र जनसरोकारका मुद्दामा केन्द्रित नभएको बताउनुभएको छ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भण्डारीले यस्तो बताउनु भएको हो । संसद मुलुक र जनताको मुद्दाभन्दा उरन्ठेउला कुरामा झगडा गर्नमा सिमित रहेको उहाँको भनाइ छ । उहाँले संसद जनताका मुद्दाबाट विमुख भएकै कारण नेपालको राजनीतिक संस्कार नै अनैतिक जस्तो भएको टिप्पणी गर्नुभयो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि आरोप लगाउँदैमा राजीनामा दिन नहुने बताउँदै उहाँले कुनैपनि व्यक्तिमाथि आरोप लगाइसकेपछि त्यसलाई प्रमाणित गर्नुपर्ने दायित्वसमेत सम्बन्धित मिडिया र व्यक्तिमा निहित हुने उहाँको भनाइ छ । संसदको गरिमा जोगाउन सबै दल जिम्मेवार बन्नुपर्नेमा डा. भण्डारीको जोड छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया