काठमाडाैं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताउनुभएको छ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ब्रिटिश गोरखा र एनआरएनएहरुलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरुलाई नेपालको नागरिकता दिने कुरा सस्तो बनाउन नहुने बताउनु भयो ।
बुधबार नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । बिहीबारबाट दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया