काठमाडाैं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताउनुभएको छ।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिँदा सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गर्नुभयो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिहरेको छ। जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहनुभएको आरोप लगाउँदै विपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।
गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरुको प्रश्नको जवाफ आउने र संसदमा सबै प्रश्नको जवाफ दिने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया