काठमाडौं । २०८२ साल जेठ २१ गते बुधबार । तदनुसार ४ जुन २०२५ । नवमी तिथी ५२ घडी २० पला । उप्रान्त दशमी तिथी प्रारम्भ हुनेछ । उत्तर फाल्गुणी नक्षत्र ६० घडी ० पला नक्षत्र प्रारम्भ हुनेछ । हर्षण योग भर करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५५ मिनेटमा हुनेछ।
आज बुधबार चन्द्रमा सिंह राशिमा
मेष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
वृष राशि
काममा केही ढिला सुस्ती भएर पनि सफलता पाइने योग छ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । भोज भतेरमा सहभागी हुने अवसर जुट्नेछ।
मिथुन राशि
नयाँ साथीको आगमनले कार्यमा थप हौसला मिल्नुका साथै व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनेछ ।
कर्कट राशि
जग्गा जमिनसम्बन्धी काममा बाधा आउनेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् ।पठनपाठनमा बाधा आउनेछ। बनिसकेको काममा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।
सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। स्वास्थ्य समस्याले सताउनेछ। दाजुभाइमा मनमुटावको सिर्जना हुने देखिन्छ । शारीरिक समस्या बढेर जाने योग छ। सजग रहनुहोला।
कन्या राशि
पैत्रिक सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहने छन् ।धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ । सजगता अपनाउनुहोला।
तुला राशि
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । पारिवारिक सहयोगले नयाँ कार्यको थालनी हुनेछ। आकस्मिक धनलाभ मिल्नेछ। पारिवारिक खुसियाली छाउने योग छ। पठनपाठनमा सफलता मिल्नाले मनमा खुसी छाउनेछ।
वृश्चिक राशि
चोटपटकको सम्भावना बढेर गएको छ । थोरै कुरामा विवादको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
धनु राशि
पराक्रम बढेर जानेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। अनावश्यक विवादको अन्त्य भएर जाने देखिन्छ ।
मकर राशि
वैदेशिक कार्यमा सहभागी हुने अवसर जुट्ने छ। अध्ययन अध्यापनमा सफलता पाइने योग छ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्ने देखिन्छ ।
कुम्भ राशि
आजमा वृद्धि भएर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पठनपाठनमा सफलता पाइने योग छ। व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ।
मीन राशि
पारिवारिक कलह बढेर जानेछ । शैक्षिक क्षेत्रमा बाधा आउनुका साथै चोटपटकको सम्भावना बढेर गएको देखिन्छ। लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया