438
Shares
काठमाडौँ । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
नियमावली फिर्ता लिनुपर्ने माग राख्दै देशभर सार्वजनिक यातायातका साधन ग्यारेजमा थन्क्याएका व्यवसायीहरूले अब भने गाडी चलाउने भएका हुन् ।
सार्वजनिक यातायात आवागमन नै ठप्प भएपछि केन्द्र सरकारले प्रदेश सरकारलाई मङ्गलबार बेलुकी नियमावली फिर्ता लिन भनेको थियो ।
प्रदेश सरकारले पनि केन्द्र सरकारको आग्रहअनुसार नियमावली स्थगन गरेको जनाएपछि यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया