आज २०८२ साल जेठ २० गते मंगलबारः यस्ताे छ राशिफल

359 Shares

काठमाडाैं । २०८२ साल जेठ २० गते मंगलबार । तदनुसार ३ जुन २०२५ । अष्टमी  तिथी ४९ घडी ४० पला उप्रान्त नवमी तिथी प्रारम्भ  हुनेछ । पूर्वफाल्गुणी नक्षत्र ५७ घडी ३६ पला उत्तर फाल्गुणी नक्षत्र प्रारम्भ हुनेछ । हर्षण योग भर करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५५ मिनेटमा हुनेछ। आज मंगलबार चन्द्रमा सिंह ।

मेष राशि 
पारिवारिक कलह बढेर जानेछ । बोलीमा कठोरता आउने छ । विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्दा मानसिक तनाव बढेर जानेछ । आर्थिक लेनदेनमा वादविवादको सिर्जना हुने देखिन्छ।

वृष राशि
अध्ययनबाट राम्रै आम्दानी गर्न सकिनेछ। व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह भन्ने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।

मिथुन राशि 
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। प्रशासनिक क्षेत्रमा सुधार भएर जानेछ। आकस्मिक धनलाभ मिल्ने देखिन्छ । नयाँ साथीको आगमनले मनमा उत्साह बढेर जानेछ ।

कर्कट राशि
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । गुप्ताङ्गसम्बन्धी समस्याले सताउनेछ । स्थानीय सम्पत्तिमा विवाद आउनेछ। गरिरहेको काममा बाधा आउने देखिन्छ। पठनपाठनमा प्राप्त सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।

सिंह राशि 
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। कृषि तथा चौपायताबाट मनग्य लाभ लिन सकिने देखिन्छ । व्यापार व्यवसायबाट राम्रै आम्दानी लिन सकिनेछ। मान सम्मानमा वृद्धि भएर जाने देखिन्छ।

कन्या राशि 
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। पैत्रिक सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ। आफन्तमा बाहिर भाव आउने देखिन्छ । प्रशासनिक काममा बाधा आउने योग छ।

तुला राशि 
बोलीको प्रभाव बढेर जानेछ । पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिनेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। भोजभतेरमा सहभागी भइनेछ।

वृश्चिक राशि
अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ । लेनदेनमा विवाद आउनेछ । पारिवारिकझैँ झगडामा फसिने योग छ। शैक्षिक कार्यमा बाधा  आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।

धनु राशि 
बोलीमा आएको कठोरताले हकमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । आफन्तमा बहिरभाव बढेर जाने देखिन्छ । लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढ्ने देखिन्छ।

मकर राशि
पराक्रम बढेर जानेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। काममा गरिएको लगनशीलता देखेर ठूला व्यक्तिको समेत प्रशंसनीय भइने देखिन्छ।

कुम्भ राशि
आर्थिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। नयाँ बाटोबाट कार्यमा प्रशस्त लाभ लिन सकिनेछ । बोलीमा मिठास छाउनेछ। लेखनशैलीमा तीव्रता आउनाले मनमा खुसी छाउनेछ।

मीन राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। अनावश्यक विवाद बढेर जानेछ। गरिरहेको काममा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।