379
Shares
काठमाडाैं । शीर्ष तीन दलका नेताहरुबीच भेटवार्ता भएकाे छ ।
साेमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो ।
उनीबीच संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे छलफल भएकाे बताइएको छ । ओली र देउवा भेट्नुअघि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए ।
गृहमन्त्री रमेश लेखककाे राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवराेध गरिरहेका छन् । यसकै समाधानका लागि उनीहरु छलफलमा जुटेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया