काठमाडाैं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकलाई समितिमा धेरै होल्ड गर्न नहुने बताउनुभएको छ ।
नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमाथि छलफल गर्दै जाँदा जति समय मागे पनि विधेयकलाई समितिमा लामो समय होल्ड नगरी अगाडि बढ्ने कार्य तालिका बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले समग्र परिस्थिति र सबैको अनुकूलतामा समितिको बैठक बोलाएर विधेयकमाथि छलफल गराउन सभापतिसमक्ष आग्रह गर्नुभयो । उहाँले संसद बैठकलाई समेत ख्याल राख्दै समिति बैठक निरन्तर आह्वान गर्दै विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्ने जिकिर गर्नुभयो । उहाँले विधेयकलाई महत्वपूर्ण ठानेर छलफलका कार्यक्रमहरूसमेत अगाडि बढाउन आग्रह गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया