विपक्षी दलहरुलाई ओलीको चेतावनीः 'ज्यादती अब सह्य हुँदैन, संसद चल्छ'

311 Shares

काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुको ज्यादती अब सह्य नहुने चेतावनी दिनुभएको छ। 

संसदीय दलको बैठकमा सोमबार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । अहिले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताउँदै उहाँले गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भएपनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने बताउनु भयो । 

गृहमन्त्रीमाथि रिस उठेको भरमा राजीनामा मागेर राजीनामा नआउने बताउनु भयो । मंगलबारको संसदमा विपक्षी राजनीतिक दलहरुले विरोध जनाएपनि कारबाही अघि बढ्ने बताउँदै अध्यक्ष ओलीले विपक्षी दलहरुले संसद र सडकमा वितण्डा खडा गरेको बताउनु भयो ।