गृहमन्त्री र यातायात व्यवसायीबीच वार्ता शुरु, यातायात खुलाउने विषयमा छलफल

402 Shares

काठमाडौँ ।  सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता शुरु भएको छ । 

गृहमन्त्री रमेश लेखकसमेत यातायात व्यवसायी र सरकारबीच यातायात खुलाउने बारेमा छलफल शुरु भएको हो । 

व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका थिए । 

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाभएसँगै जनजीवन प्रभावित बनेको छ ।