संघीय संसद्का पाँच समितिको बैठक आज बस्दै

308 Shares

काठमाडौँ । संघीय संसद्का पाँच समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा बैठक बस्नेछन् ।

अर्थ समितिको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । बैठकमा बैङ्क तथा बित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरिनेछ ।

बिहान ११ बजेबाट सुरू हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ, जुन बैठक बिहान १०ः३० बजेबाट सुरू हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । सो बैठक भने दिउँसो १ बजेबाट सुरू हुनेछ ।