439
Shares
ललितपुर । नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन् ।
विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले वातावरणमा पारेको नकारात्मक असरप्रति गरिएको घोषणा कार्यान्वयनमा पार्टीका सबै तहको सकारात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
दिवसका दिन यही जुन ५ तारिखदेखि लागू हुने गरी पार्टी र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै कार्यालयलाई प्लास्टिकरहित क्षेत्र घोषणा गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया