काठमाडाैं उपत्यका बन्द फिर्ता भएकाे राजावादीको घोषणा

490 Shares

काठमाडौं । राजावादी समूहले आज जेठ १९ गते उपत्यका बन्द गर्ने घोषणा गरेकाेमा आफ्ना नेता कार्यकर्ता रिहा भइसकेकाे जनाउँदै बन्द फिर्ता लिएकाे जनाएकाे छ ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै यसकाे जानकारी दिएका हुन् ।

27805b37-368c-4265-9784-a2afaaabeda9.jpg

सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको भन्दै आजका लागि उपत्यका बन्दकाे घाेषणा  गरेको थियाे ।