काठमाडौँ। २०८२ साल जेठ १८ गते आइतबार । तदनुसार १ जुन २०२५ । षष्ठी तिथी ४८ घडी २ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ । अत्लेषा नक्षत्र ५२ घडी १७ पला मघा नक्षत्र प्रारम्भ हुनेछ । ध्रुव योग कौलव करण आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ६ः५४ मिनेटमा हुनेछ। आज आइतबार चन्द्रमा सिंह ।
मेष राशि
मिष्ठान्न भोजनको अवसर जुट्ने छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आयमा वृद्धि भएर जानेछ। अधुरा काम पूरा भएर जानेछन् । कृषि कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ।
वृष राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । आफन्तको सहयोग मिल्ने देखिन्छ । नयाँ कार्यको थालनी हुने देखिन्छ । बोलीमा आएको मिठासले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
मिथुन राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । अध्ययन अध्यापनमा बाधा आउनुका साथै आयआर्जनमा ह्रास आउने देखिन्छ।
कर्कट राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। अधुरा कामहरू पूरा भएर जानेछन् ।पारिवारिक सरसहयोग मिल्नेछ। मिष्ठान्न भोजनको अवसर जुट्ने देखिन्छ।
सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । लेखन शैलीमा कमी भएर जानेछ । शारीरिक आलस्यताले सताउनुका साथै अनावश्यकरुपमा वादविवादको सिर्जना हुने योग छ ।
कन्या राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। धातुसम्बन्धी समस्याले सताउने छ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।
तुला राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ । दाजुभाइबाट प्राप्त सरसहयोगले कार्यमा थप हौसला मिल्नेछ। फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ ।
वृश्चिक राशि
आँखासम्बन्धी समस्याले सताउनेछ । बोलीमा कठोरता आउने देखिन्छ। आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुका साथै पशुपंक्षीबाट घाटा बेहोर्नु पर्ने देखिन्छ।
धनु राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ। धार्मिक कार्यमा सहभागी भइनुले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
मकर राशि
बोलीको प्रभाव बढेर जानेछ । भौतिक साधन खरिद गरिने योग छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । जागिरमा भएको प्रगतिले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
कुम्भ राशि
फलामसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । पारिवारिक सरसहयोगले धार्मिक कार्यको थालनी हुनेछ । जग्गा जमिनसम्बन्धी कामबाट लाभ लिन सकिनेछ।
मीन राशि
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । आयमा कमी हुनुका साथै अनावश्यक काममा खर्चको मात्रा बढेर जानेछ। न्यायिक कार्यमा बाधा आउने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया