काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले लिएको सही राजनीतिरुपी शरीरमा विज्ञताको मांशपेशी भर्नसके मात्रै सुन्दर नेपाल बनाउन सकिने बताउनुभएको छ।
शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेले लिएको उद्देश्यअनुसार अघि बढ्नसके मात्रै देश समृद्ध र सुन्दर बन्ने जिकिर गर्नुभयो । उहाँले बुद्धिजीविहरुले आफ्नो ज्ञान बाँडेर मुलुकलाई समृद्ध बनाउनसक्ने बताउनु भयो ।
एमालेले विगतमा कमजोरी गरेर अहिले आक्रमण भइरहेको भन्ने नसोच्न आग्रह गर्दै एमालेले लिएका सही अडान र हितमाथि आक्रमण भइरहेको बताउनु भयो । राष्ट्रिय हित, स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा दृढतापूर्वक उभिएका कारण एमालेमाथि आक्रमण भएको बताउनु भयो । नेपालका कुनै पार्टीहरु एमालेको जस्तो उचाईमा पुग्न नसक्ने दाबी गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको परिवर्तन रुस र चीनको जस्तो नभएको र नेपालको परिवर्तन नेपाली विशेषताको परिवर्तन भएको बताउनु भयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया