पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल

298 Shares

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम रहेको बताउनुभएको छ। 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताउनु भयो । उहाँले देश र जनता बनाउनुको ठाउँमा नेताहरु धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताउनु भयो । 

लोकतन्त्रमा दल नसुध्रिकन नहुने उहाँको भनाइ छ । महाससचिव भुसालले भारदारहरु र अहिलेका नेताहरुमा कुनै फरक नरहेको बताउनु भयो । लोकतन्त्रका नेताहरुको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने जिकिर गर्नुभयो । महासचिव भुसालले भारदारहरु र गणतन्त्रवादीहरु फरक छौँ भनेर नैतिकताका साथ गणतन्त्रवादीहरुले भन्न नसक्ने बताउनु भयो ।