काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले एशियाली राष्ट्रहरूबीच सहकार्य र नवप्रवर्तनमार्फत कृषि प्रणाली रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एशियाली खाद्य तथा कृषि सहयोग पहल (अफासी)को सातौँ महासभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले दिगो कृषि अभ्यास र खाद्य सुरक्षामा क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्ने बताउनुभएको हो । उहाँले अफासी एशियाली राष्ट्रहरूमाझ कृषि र खाद्य सुरक्षामा सहकार्य, नविनता र आपसी अध्ययनको एक महत्वपूर्ण प्लेटफर्म भएको समेत उल्लेख गर्नुभयो ।
उहाँले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविकोपार्जन जस्ता साझा चुनौतिहरूसँग जुध्न आपसी सहकार्य र समन्वय आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले एशियाली राष्ट्रहरुको साझा दृष्टिकोण, प्रयास र समन्वयमार्फत कृषि रुपान्तरणका नयाँ अवसरहरू पहिचान गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया