सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँः प्रधानमन्त्री

333 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा सरसफाईलाई अभियानको रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । 

बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सगरमाथामा फोहोरमैलाको धेरै समस्या रहेको उल्लेख गर्दै त्यसलाई सफा गर्नुपर्ने चुनौती रहेको बताउनु भयो । उहाँले दुई चरणमा सरसफाई गरिसक्दा पनि अझै सफा भइ नसकेको बताउनु भयो । उहाँले सगरमाथा सफाईका लागि केही नियमहरु बनाउन जरुरी रहेको बताउनु भयो । 

खानेकुराहरु लैजाने फर्किंदा त्यसको खोल बेस क्याम्पमा ल्याएर बुझाउनुपर्ने नियम राख्न जरुरी रहेको बताउनु भयो । अहिले सरकार ऐनको संशोधन गरिरहेको भन्दै यसमा विभिन्न पक्षहरुले आफ्ना सुझावहरु दिनसक्ने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले सगरमाथा अहिले पहिलाको जस्तो नभएको बताउनु भयो । सगरमाथा चढ्न अहिले धेरै सहज भइसकेको उल्लेख गर्नुभयो ।