२०८२ साल जेठ १६ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

349 Shares

काठमाडौँ । २०८२ साल जेठ १६ गते शुक्रबार । तदनुसार  ३० मे २०२५ चतुर्थी तिथी  ५१ घडी २१ पला उप्रान्त पञ्चमी तिथी प्रारम्भ  हुनेछ । पुनर्बशु नक्षत्र ५१ घडी ५१ पला तिष्य नक्षत्र प्रारम्भ हुनेछ । गण्ड योग बब करण । आज बिहान सूर्योदय ५ः११ मा भयो भने सूर्यास्त ६ः५२ मिनेटमा हुनेछ । आज शुक्रबार चन्द्रमा मिथुन ।
 
मेष राशि
मुद्दा मामिलामा तपाईंको जित हुने देखिन्छ । आफन्तको सहयोग पाइने योग छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।

वृष राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । माङ्गलिक कार्यमा बाधा आउनेछ । शैक्षिक कार्यमा बाधा आउनुका साथै झुटा आरोपको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ। 

मिथुन राशि
भौतिक साधनबाट राम्रै आम्दानी गर्न सकिनेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । स्वास्थ्यमा सुधार आउनाले मनमा खुसी छाउने छ।  

कर्कट राशि
स्थान परिवर्तनको योग रहेको छ । खर्चको मात्रा बढेर जानेछ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ । पारिवारिक कलह बढेर जानाले मनमा चिन्ता बढेर जानेछ। 

सिंह राशि
शैक्षिक कार्यमा सुधार भएर जानेछ । मानसम्मानमा वृद्धि भएर जानेछ। सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ । बोलीमा मिठास छाउनाले मनमा उत्साह बढेर जाने देखिन्छ। 

कन्या राशि
न्यायिक कार्यमा बाधा हुनेछ । पारिवारिक कलह बढेर जानेछ । शारीरिक अस्वस्थताले सताउने देखिन्छ । अनावश्यक विवाद बढेर जाने देखिन्छ । धनजनको क्षति भएर जानेछ। बोलीमा कटुता छाउनेछ।

तुला राशि 
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनु पर्ने देखिन्छ । आफन्तमा बहिरभाव आउनेछ। आर्थिक लेनदेनमा विवादको सिर्जना नहोला भन्न सकिँदैन स्थायी सम्पत्तिमा विवाद आउनेछ ।

वृश्चिक राशि
जग्गा जमिनसम्बन्धी कामबाट प्रशस्त लाभ लिन सकिनेछ । लेखनशैलीमा तीव्रता आउनेछ। सामाजिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ ।

धनु राशि
श्रीमान श्रीमतीबीचमा दूरयता छाउने छ । बोलीमा मिठास छाउने छ । कुरा काट्नेहरू प्रशंसा गर्न थालेछन् । जग्गा जमिनबाट राम्रै आम्दानी गर्न सकिनेछ। मानसम्मानमा वृद्धि भएर जानाले मनमा उत्साह बढेर जानेछ। 

मकर राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् शैक्षिक कार्यमा बाधा आउनेछ । दाजुभाईमा कलह बढेर जाने देखिन्छ । अनावश्यक विवाद बढेर जानेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ । सजग रहनु पर्ने देखिन्छ।

कुम्भ राशि
अनावश्यक विवाद बढेर जानेछ खर्चको मात्रा बढेर जानेछ। चर्मसम्बन्धी समस्याले सताउने देखिन्छ । स्थायी सम्पत्तिमा विवाद आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । सजग रहनुपर्ने देखिन्छ।

मीन राशि
कृषि तथा चौपायबाट मनज्ञ लाभ लिन सकिनेछ । सेयर कारोबारमा वृद्धि भएर जाने देखिन्छ । धर्मकर्मतर्फ मन जाने देखिन्छ । काममा सफलता मिल्नाले ठुला व्यक्तिको प्रशंसनीय भइनेछ।