विपक्षी दलहरुले आर्थिक सर्वेक्षण र बजेट टेबुल गर्न दिने

348 Shares

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने भएका छन् । 

सभाको बिहीबारको बैठकको शुरुमा बोल्दै नेकपा (माओवादी  केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी गराउनुभएको हो । उहाँले  भिजिट भिसा प्रकरणको छानविन गर्न उच्चस्तरीय छानविन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा विपक्षी दलहरुको आन्दोलन जारी रहने बताउनुभएको हो । उहाँले विचौलियामार्फत निर्माण भएको सरकार कुशासन र भ्रष्टचारमा लिप्त रहेको आरोपसमेत लगाउनु भयो । 

उहाँले वर्तमान सरकारले भ्रष्टाचारमा संलग्न कर्मचारीहरुलाई कारबाही गर्नुको सट्टा कुशासन र भ्रष्टाचारलाई मलजल गरिरहको आरोप लगाउनु भयो ।