पूर्वराजा शाहलाई माधव नेपालको चुनौतीः मुलुक सञ्चालन गर्ने भए जनताको मन जितेर आउनुस्

330 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चलन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गर्नुभएको छ। 

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको भन्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गर्नुभयो । 

अहिले राजतन्त्तको बारेमा कुरा उठिरहेको भन्दै वंशको शासन आफूहरुलाई नचाहिएको बताउनु भयो । उहाँले मुलुक चलाउने भए चुनावको मैदानमा आएर प्रतिष्पर्धाबाट प्रधानमन्त्री बन्न चुनौति दिनुभयो । मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव नरहेको बताउनु भयो । 

अध्यक्ष नेपालले आम जनताको चाहना बमोजिम नै यो परिवर्तन आएको दाबी गर्नुभयो । परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।