२०८२ साल जेठ १५ गते बिहीबारः यस्ताे छ आजकाे राशिफल

282 Shares

काठमाडौं । २०८२ साल जेठ १५ गते बिहीबार । तदनुसार २८ मे २०२५ तृतीया तिथी ५४ घडी ४० पला उप्रान्त चतुर्थी  तिथी प्रारम्भ  हुनेछ । आरद्रा नक्षत्र ५३ घडी १७ पला पुनर्बसु नक्षत्र प्रारम्भ हुनेछ । शुल योग तैतिल करण । आज बिहान सूर्योदय ५ः११ मा भयो भने सूर्यास्त ६ः५२ मिनेटमा हुनेछ। आज बिहीबार चन्द्रमा मिथुन ।

मेष राशि
आयार्जनमा वृद्धि भएर जानेछ। शेयर कारोबारबाट मनज्ञ लाभ लिन सकिनेछ शुभ कार्यमा सहभागी हुने अवसर जुट्ने छ लेखनशैलीमाथि व्रत आउनाले मनमा उत्साह बढेर जानेछ। 

वृष राशि
आँखासम्बन्धी समस्याले सताउने छ । साझेदारी काममा वादविवादको सिर्जना हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । सञ्चित धनको नाश हुने देखिन्छ । बोलीमा कठोरता आउने देखिन्छ ।

मिथुन राशि
अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । विपरीत लिङ्गीबाट सरसहयोग प्राप्त हुनेछ ।नयाँ कार्यको थालनी हुनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर जाने देखिन्छ।

कर्कट राशि
जग्गा जमिनसम्बन्धी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । लेखनशैलीमा कमी आउनेछ । आफन्तमा बहिरभाव आउनेछ। सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ ।

सिंह राशि
बोलीको प्रभाव बढेर जानेछ । न्यायिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ । नयाँ कार्यको थालनी हुने देखिन्छ। सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ। आफन्तको सहयोग मिल्ने योग छ ।

कन्या राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । दाजुभाईमा कलह बढेर जानेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनेछ । मातृ स्वास्थ्यमा शिथिलता आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।

तुला राशि
आयमा कमी आउनेछ । विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ ।अनावश्यक खर्चको मात्र बढेर जाने देखिन्छ । बोलीमा कठोरता आउने योग छ। सजग रहनुपर्नेछ।

वृश्चिक राशि
पारिवारिक सरसहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ।

धनु राशि
पराक्रम बढेर जानेछ मुद्दा मामिलामा तपाईंकै जित हुनेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् स्वास्थ्यमा सुधार भएर जानेछ । वैदेशिक कार्यमा लाभ मिल्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी भइनेछ।

मकर राशि
झुट्टा आरोपको सामना गर्नुपर्नेछ । बोलीमा कठोरता हुनाले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ। अनावश्यक विवाद बढ्ने देखिन्छ।

कुम्भ राशि
पतिपत्नीबीच माधुर्यता छाउने छ । शैक्षिक कार्यमा लाभ मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने देखिन्छ । आफन्तको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ।

मीन राशि
स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ । शेयर बजारबाट लाभ मिल्ने देखिन्छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । नयाँ साथीको आगमनले मनमा खुसी छाउनेछ।