काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको छ।
बुधबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उहाँले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा राजधानीमा सङ्गीतमय बनाऔँ भन्ने अर्थमा अभिव्यक्ति दिएको बताउनु भयो । उहाँले गणतन्त्र दिवसलाई उत्साह र सङ्गीत महोत्सवको रूपमा मनाउने गरी प्रधानमन्त्रीले बताएको बताउनु भयो ।
गृहमन्त्री लेखकले परम्परागत बाजा तथा साङ्गीतिक कलाहरूलाई सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई साङ्गीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा प्रधानमन्त्रीले अभिव्यक्ति दिनुभएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले कुनै राजनीतिक तथा हिंसात्मक नियन्त्रण नभएर सङ्गीतमय नियन्त्रणको कुरा गर्नुभएको जिकिर गर्नुभयो ।
उहाँले राजावादीहरूले बिहीबार काठमाडौंमा गर्न लागेको आन्दोलनलाई लक्षित गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धका कुनै पनि गतिविधिहरू सैह्य नहुने चेतावनी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया