बागमती प्रदेशसभाकाे बैठक आजः नीति तथा कार्यक्रम प्रस्तुत गरिने

355 Shares

बागमती । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री कार्यालयले जनाएकाे छ । 

यसअघि प्रदेशसभामा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता छलफलपछि पारित भएको थियो ।