०८२ साल जेठ १४ गते बुधबारः यस्ताे छ आजकाे भाग्य

294 Shares

काठमाडौँ । २०८२ साल जेठ १४ गते बुधबार । तदनुसार २७ मे २०२५ प्रतिपदा, तिथी ३ घडी ५४ पला, उप्रान्त द्वितीया तिथी प्रारम्भ  हुनेछ ।  रोहिणी नक्षत्र ५५ घडी ३७ पला मृगशिरा नक्षत्र प्रारम्भ हुनेछ । धृति योग बायब करण । आज बिहान सूर्योदय ५ः११ मा भयो भने सूर्यास्त ६ः५२ मिनेटमा हुनेछ। आज बुधबार चन्द्रमा मेष राशिमा रहेका छन् ।
 
मेष राशि
पारिवारिक कलह बढेर जानेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। वैदेशिक कार्यमा बाधा आउने देखिन्छ । विश्वास गरेका साथीभाइबाट धोका पाउनका साथै शैक्षिक कार्यमा बाधा आउने देखिन्छ । 

वृष राशि 
धर्मकर्मतर्फ मन जानेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। सौन्दर्यमा मन जानेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् ।

मिथुन राशि 
बोलीमा सुधार भएर जानेछ । नयाँ कार्यको थालनीले मनमा उत्साह बढेर जाने देखिन्छ । नयाँ सामानको खरिद गरिने योग छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ ।

कर्कट राशि 
सानो तिनो काममा बाधा आउनेछ। मुद्दा मामिलामा फस्ने योग छ। पैत्रिक सम्पत्तिमा विवाद बढेर जानेछ । धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। सजक रहनुहोला ।

सिंह राशि 
पारिवारिक कला बढेर जानेछ । अनावश्यक खर्चको मात्रा बढेर जाने देखिन्छ । लेनदेनमा विवाद बढेर जानुका साथै कुरा काट्नेहरू सक्रिय रहनेछन्। मात्रै स्वास्थ्यमा उतारचढाव आउनाले मनमा चिन्ता बढेर जानेछ। 

कन्या राशि 
पैत्रिक सम्पत्तिमा विवाद बढेर जानेछ। साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ । स्वास्थ्यमा उत्तरचढाव आउनका साथै धनमाल हराउन सक्ने सम्भावना रहेको देखिन्छ। 

तुला राशि 
आयआर्जनमा वृद्धि भएर जानेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । लेखनशैलीमा तीव्रता आउने देखिन्छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ ।

वृश्चिक राशि 
सौन्दर्यमा मन जानेछ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। धार्मिक कार्यमा सहभागी भइनेछ। अधुरा कामहरू पूरा भएर जानेछन् । शैक्षिक क्षेत्रमा वृद्धि भएर जाने देखिन्छ ।

धनु राशि 
थोरै कुरामा विवाद बढेर जानेछ। चोटपटकको सम्भावना रहेको देखिन्छ । आफन्तमा मनमुटावको सिर्जना हुनेछ। पशु तथा चौपायाबाट हानी हुनाले मनमा चिन्ता बढेर जानेछ। 

मकर राशि 
व्यापार व्यवसायमा घाटा भएर जानेछ। पठनपाठनमा असफलता मिल्नुका साथै दाजुभाइमा अनावश्यक विवाद बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

कुम्भ राशि 
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । बोलीमा सुधार भएर जानाले जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । धार्मिक कार्यमा समय व्यतीत हुने देखिन्छ। 

मीन राशि 
जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ । न्यायिक कार्यमा तपाईंकै जित हुनुका साथै लामो समयदेखि रोकिएका काम पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जाने देखिन्छ ।