भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

365 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी र भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसहितका कर्मचारीमाथि संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्नुभएको हो । 

भिजिट भिसा प्रकरणमा म्यानपावरदेखि एयरलाइन्ससम्म र कर्मचारीदेखि गृहमन्त्रीको सचिवालय समेत जोडिएको उल्लेख गर्नुभयो । उहाँले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानविन शुरु नभएसम्म संसद चल्न नदिने चेतावनी दिनुभयो । 

गृहमन्त्रीले राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले नाराबाजी गरेपछि मंगलवारको बसेको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।