२०८२ साल जेठ १३ गते मंगलबारः कस्ताे छ आजकाे राशिफल ?

275 Shares

काठमाडौँ । २०८२ साल जेठ १३ गते मंगलबार । तदनुसार २७ मे २०२५ । औंशी तिथी उप्रान्त प्रतिपदा तिथी प्रारम्भ  हुनेछ । कृतिका नक्षत्र २ घडी २१ पला रोहिणी नक्षत्र प्रारम्भ हुनेछ । सुकर्म योग किम्स्तुघ्न  करण । आज बिहान सूर्योदय ५ः१२ मा भयो भने सूर्यास्त ६ः५१ मिनेटमा हुनेछ। आज मंगलबार चन्द्रमा बृष राशिमा । 

मेष राशि 
सामाजिक कार्यमा बाधा आउनेछ । वैदेशिक कार्यमा बाधा आउनुका साथै आर्थिक क्षेत्रमा विवादको सामना गर्नुपर्ने देखिन्छ । सञ्चित धनको नाश हुने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ ।

वृष राशि 
बोलीको प्रभाव बढेर जानेछ । स्थानीय सम्पत्तिमा वृद्धि भएर जानेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। सौन्दर्यमा मन जाने देखिन्छ । दूधजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिने योग छ। 

मिथुन राशि 
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। पराक्रममा वृद्धि भएर जानेछ। पारिवारिक सरसहयोगको योगले नयाँ कार्यको थालनी हुनेछ । दाजुभाइको सरसहयोगले काममा थप हौसला मिल्ने योग छ ।

कर्कट राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । लेखनशैलीमा कमी आउने र लामो समयदेखि चल्दै आएको काममा बाधा आउने देखिन्छ । दाजुभाइमा मनमुटावको सिर्जना हुने योग छ। 

सिंह राशि 
मानसम्मानमा अघात पुग्नेछ । जग्गा जमिनसम्बन्धी विवाद बढेर जाने देखिन्छ । विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्नेछ । शैक्षिक क्षेत्रमा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ। 

कन्या राशि 
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। दौडधुपमा समय व्यतित हुने देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले नै सजाय भोग्नुपर्ने देखिन्छ । लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढ्ने देखिन्छ ।

तुला
कुरा काट्नेहरू सक्रिय रहनेछन्। पारिवारिक मनमुटावको सिर्जना हुनेछ । शत्रु पक्षबाट जोगिनुपर्नेछ। आफन्तमा बहिरभाव आउनुका साथै व्यापार व्यवसायमा घाटा हुनाले चिन्ता बढेर जाने देखिन्छ ।

बृश्चिक
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। आयमा वृद्धि भएर जानेछ। शैक्षिक क्षेत्रमा सुधार हुनुका साथसाथै पतिपत्नीबीच माधुर्यता छाउनेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।

धनु
सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । मानसम्मानमा आघात पुग्नेछ। अनावश्यक विवाद बढेर जानुका साथै वैदेशिक कार्यमा समेत बाधा आउने देखिन्छ । मुद्दा मामिलामा फसिने देखिन्छ।

मकर
जग्गा जमिनसम्बन्धी विवाद बढेर जानेछ। साझेदारी काममा बाधा आउनुका साथै पैत्रिक सम्पत्तिमा समेत विवाद बढेर जानाले मनमा चिन्ता बढ्नुका साथसाथै अनावश्यकरुपमा खर्चको मात्रा बढेर जाने देखिन्छ ।

कुम्भ
विद्युतीय सामानबाट राम्रै आम्दानी गर्न सकिनेछ। धनमाल जोडिने योग छ। न्यायिक कार्यमा सफलता मिल्नुका साथै मान्यजनको साथ र सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ ।

मीन
पराक्रम बढेर जानेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने योग छ। आफन्तको सरसहयोगले स्वास्थ्यमा समेत सुधार भएर जानुका साथसाथै नयाँ कार्यको थालनी हुने देखिन्छ ।