प्रधानमन्त्रीले जेठ १५ मा काठमाडौं एमालेको कब्जामा भन्ने शब्द प्रयोग नगर्नुभएको भए राम्रो हुन्थ्योः प्रमुख सचेतक घिमिरे

311 Shares

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक सार्वजनिक कार्यक्रममा राख्नुभएको धारणालाई काँग्रेसले सामान्यरुपमा लिएको बताउनुभएको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिनुभएको थियो । 

सोही विषयमा सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले यस्तो भन्न मिल्छ भन्दै जिज्ञासा राखेका थिए । जसमा काँग्रेसले प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुभएको तर एमाले भन्ने ठाउँमा गणतन्त्रवादी जनता भन्ने शब्द राख्नुभएको भए हुने आफूहरुको भनाइ रहेको बताउनु भयो । गणतन्त्रका पक्षधर बाहेक अरु कोही नदेखियोस् भन्नुभएको भए हुने प्रमुख सचेतक घिमिरेको भनाइ छ । 

उहाँले कर्मचारीमाथि छानविन हुँदा मन्त्रीले राजीनामा गर्न थाल्ने हो भने एउटा पनि मन्त्री बाँकी नरहने बताउनु भयो ।