काठमाडौँ । २०८२ साल जेठ १२ गते सोमबार । तदनुसार २६ मे २०२५ चतुर्दशी तिथी १५ घडी २४ पला उप्रान्त औंशी तिथी प्रारम्भ हुनेछ । भरणी नक्षत्र ६ घडी २१ पला कृतिका नक्षत्र प्रारम्भ हुनेछ । शोभन योग चतुष्घ्न करण । आज बिहान सूर्योदय ५ः१२ मा भयो भने सूर्यास्त ६ः५१ मिनेटमा हुनेछ। आज सोमबार चन्द्रमा मेष राशिमा ।
मेष राशि
अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । व्यापार व्यवसायबाट प्राप्त सफलताले मनमा उत्साह बढेर जाने देखिन्छ। साथीभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । सौन्दर्यमा मन जानेछ।
वृष राशि
गरिरहेको काममा ढिलासुस्ती भएर जानेछ । पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाईमा विवादको सामना गर्नुपर्ने देखिन्छ । झुटा आरोपको समेत सामना गर्नुपर्ने योग छ।
मिथुन राशि
न्यायिक कार्यमा तपाईँकै जित हुने देखिन्छ । जागिरमा पदोन्नतिको सम्भावना रहेको छ ।साझेदारी काममा सफलता प्राप्त हुने योग छ। पारिवारिक साथ सहयोग मिल्नाले मनमा खुसी छाउनेछ।
कर्कट राशि
लेखनशैलीमा कमी आउनेछ । स्वास्थ्यमा समस्या आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । पारिवारिक कलहले गर्दा गरिरहेको काममा समेत बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
सिंह राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन्। साथीभाइबाट आलोचित हुनुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ । व्यापार व्यवसायबाट घाटा बेहोर्नुपर्ने देखिन्छ । लामो दुरीको यात्राको अवसर जुट्नेछ ।
कन्या राशि
शारीरिक आलस्यता बढेर जानेछ । शत्रुपक्षबाट जोगिनुपर्ने देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा वैदेशिक कार्यबाट हानी हुनेछ । अनावश्यक विवाद बढ्नाले मानसिक तनाव बढेर जानेछ।
तुला राशि
पैत्रिक सम्पत्तीबीच माधुर्यता छाउनेछ। मानसम्मान पाउनुका साथै मान्यजनको सहयोगले गरिरहेको काममा सफलता मिल्लाले मनमा खुसी छाउनेछ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।
वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। थोरै कुरामा पनि विवादको सामना गर्नुपर्ने देखिन्छ। शेयर कारोबारमा प्राप्त नोक्सानीले मानसिक तनाव बढेर जाने देखिन्छ ।
धनु राशि
बाेलीमा कठोरता आउने हुँदा हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना रहेको छ। साथीभाइबाट आलोचित हुनुपर्ने योग छ । न्यायिक कार्यमा समेत बाधा आउने देखिन्छ ।पठनपाठनमा समस्या आउनाले मनमा चिन्ता बढ्ने देखिन्छ ।
मकर राशि
व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । स्थानीय सम्पत्तीमा वृद्धि भएर जानेछ। सामाजिक कार्यमा वृद्धि भएर जानुका साथै पठनपाठनमा सफलता मिल्नाले मनमा खुसी छाउने देखिन्छ ।
कुम्भ राशि
अधुरा काम पूरा हुनका साथै न्यायिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ । भौतिक साधनमा मन जानेछ। प्राविधिक क्षेत्रबाट मनग्य आम्दानी गर्न सकिने योग छ। पठनपाठनमा सफलता मिल्ने योग छ ।
मीन राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। न्यायिक कार्यमा बाधा आउनेछ। गरिरहेको काममा बाधा आउनाले सञ्चित धनको नाश हुने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया