माओवादी केन्द्रकाे पदाधिकारी बैठक आज

315 Shares

काठमाडौँ । नेकपा  (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो । 

पछिल्लो विकसित राजनीति, बजेट, अभियानको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा बैठकमा छलफल हुने बताइएकाे छ । 

साथै भिजिट भिसामा गृह प्रशासनको नेतृत्वसमेत मुछिएकोले संसद्‌मा कडारूपमा प्रस्तुत हुने माओवादीकाे तयारी छ ।