काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्नुभएको छ।
आइतबार मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीसँगै मन्त्री दाहालले निर्मार्णाधिन सुरुङमार्गको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । सो अवसरका सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गोरवको विषय भएको बताउनु भयो । उहाँले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने तयारीमा रहेको सुरुङमार्गको सब–अपरेशनको काम अगामी कात्तिक ७ गतेदेखि शुरु गरिने उल्लेख गर्नुभयो ।
मन्त्री दाहालले अगामी वर्ष सन् २०२६ को जनवरी १ देखि सुरुङमार्गलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । नेपालको सुरुङ युगको सुरुवात नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट गरिने मन्त्री दाहालको दाबी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया