रास्वपा केन्द्रीय समिति बैठक आज बस्ने

353 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ।

बैठक आइतबार दिउँसो २ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएकाे छ । यसअघि रास्वपाले शनिबार केन्द्रीय समितिको भर्चुअल बैठक गरेको थियो । 

त्यसैको निरन्तरतास्वरुप आइतबार भौतिक उपस्थितिमै बैठक बस्न लागेको हाे । रास्वपाले शनिबार सचिवालयको भर्चुअल बैठक पनि गरेको थियो । 

पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्च अदालतको आदेशपछि रास्वपाले बैठक डाकेको हो । सर्वोच्चले उच्चको आदेश सदर गर्दै लामिछानेलाई थुनामै राख्न आदेश गरेको छ ।

शनिबार बैठकपछि रास्वपाले अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर बन्न नहुने बताएको थियो ।  यद्यपि, सर्वोच्चको आदेशलाई कानूनीरूपमा स्वीकार गर्ने पनि रास्वपाले जनाएको छ ।