तपाईंकाे आजकाे भाग्य कस्ताे छ, हेराैं राशिफल

329 Shares

काठमाडौँ । २०८२ साल जेठ ११ गते आइतबार । तदनुसार २५ मे २०२५ त्रयोदशी तिथी २१ घडी ३३ पला उप्रान्त चतुर्दशी तिथी प्रारम्भ  हुनेछ । अश्विनी नक्षत्र १० घडी ३१ पला भरणी  नक्षत्र प्रारम्भ हुनेछ । सौभाग्य योग भर करण । आज बिहान सूर्योदय ५ः१२ मा भयो भने सर्यास्त ६ः५० मिनेटमा हुनेछ। आज आइतबार चन्द्रमा मेष राशिमा ।


मेष राशि 
धार्मिक कार्यमा सहभागी भइनेछ बोलीमा मिठास छाउनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। प्राविधिक क्षेत्रमा सुधार हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। 

वृष राशि 
आँखासम्बन्धी समस्याले सताउनेछ । काममा ढिला सुस्ती भएर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाउनका साथै मान सम्मानमा आघात पुग्नाले मानसिक तनाव बढेर जाने देखिन्छ ।

मिथुन राशि 
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। लामो समयदेखि चल्दै आएको काममा विवाद आउनका साथै झुटा आरोपले गर्दा मानसम्मानमा अघात पुग्ने देखिन्छ। 

कर्कट राशि 
पारिवारिक कलह बढेर जानेछ। मानसम्मानमा अघात पुग्नेछ। थोरै कुरामा भएको विवादले राज्यपक्षको समेत कष्टता भोग्नुपर्ने देखिन्छ । राजनीतिक क्षेत्रमा अघात पुग्नाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।

सिंह राशि 
चोटपटक सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। वैदेशिक काममा बाधा आउनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाउनका साथै गरिरहेको काममा समेत बाधा आउने देखिन्छ ।

कन्या राशि 
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आयमा वृद्धि भएर जानेछ । पतिपत्नीबीच माधुर्यता छाउनेछ । राजनीतिमा केही उतारचढाव आउने देखिन्छ । नयाँ कार्यको थालनीले मनमा उत्साह बढेर जाने देखिन्छ ।

तुला राशि 
न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ । व्यवसायिक कार्यमा परिश्रमले सफलता प्राप्त गरिने योग छ। स्थानीय सम्पत्तिमा वृद्धि भएर जानेछ। सृजनशील क्षेत्रमा अगाडि बढ्ने योग छ। 

वृश्चिक 
झुटा आरोपको सामना गर्नुपर्नेछ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर जाने देखिन्छ । लेखनशैलीमा कमी आउने देखिन्छ ।पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढ्ने देखिन्छ। 

धनु राशि 
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । अनावश्यकरुपमा मुद्दा मामेलामा फसिने योग छ ।गुप्ताङ्गसम्बन्धी समस्याले सताउनेछ। कुरा काट्नेहरू सक्रिय रहनेछन् लेनदेनमा विवाद आउने हुँदा मनमा चिन्ता बढेर जाने देखिन्छ ।

मकर राशि 
बाेलीको प्रभाव बढेर जानेछ । शैक्षिक कार्यमा सफलता पाइने योग छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।

कुम्भ राशि 
स्वास्थ्यमा सुधार भएर जानेछ। । सामाजिक कार्यमा भएको सफलताले मनमा खुसी छाउने देखिन्छ । भौतिक साधनसम्बन्धी खरिद गरिने योग छ । आर्थिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ ।

मीन राशि 
झुटा आरोपको अन्त्य भएर जाने  देखिन्छ । पारिवारिक साथ सहयोगले लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ । पठनपाठनमा सफलता मिल्ने मनमा उत्साह बढ्ने देखिन्छ।