काँग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्छौँः गृहमन्त्री

349 Shares

काठमाडाैं । गृहमन्त्री एवं काँग्रेस सांसद रमेश लेखकले काँग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताउनुभएको छ।

शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । काँग्रेसका नेता, कार्यकर्ताहरुले लामो समयसम्म पनि काँग्रेसको सरकार नबनेको भन्ने गुनासो गर्नुभएको भन्दै गृहमन्त्री लेखकले यो सही कुरा भएको बताउनु भयो । 

काँग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरु गम्भीर रहेको र लागिपर्ने बताउँदै उहाँले अहिले आफूहरु संयुक्त सरकारमा रहेको र दुई प्रतिष्पर्धी पार्टीहरुबीचको संयुक्त सरकार बनाउन केही जटिलताहरु रहेको बताउनु भयो । 

गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको बताउनु भयो । पछिल्लो १० महिनामा अर्थतन्त्रमा धेरै ठूलो परिवर्तन भएको उहाँकाे दाबी थियाे ।