काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगन्य छन्ः सभापति देउवा

464 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरु नगन्य रहेको बताउनुभएको छ। 

शनिबार नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताउनु भयो । पार्टीमा यस्ता व्यक्तिहरु धेरै कम रहेको उहाँको भनाइ छ । स्व. रेग्मीले हृदयबाटै समर्पित भएर काँग्रेस बढाउन र बनाउन लाग्नुभएको बताउनु भयो । 

सभापति देउवाले स्व. रेग्मीको बारेमा लेखहरु लेखेर आम जनमानसमा उहाँको छविबारे उजागर गर्न जरुरी रहेको बताउनु भयो ।