461
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ।
सर्वोच्चले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा आदेश जारी गरेपछि उत्पन्न परिस्थितीका बारे छलफल गर्न बैठक बोलाइएको बताइएकाे छ।
सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र केन्द्रीय समितिको बैठक दिउँसो ४ बजे बस्नेछ । साथै आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक भौतिकरूपमै बस्ने भएको छ।
शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाउने निर्णय गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया