रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरिएको सर्वोच्चको आदेश यस्ताे छः (पूर्णपाठ)

401 Shares

काठमाडाैं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

सर्वोच्च अदालतले सुप्रिम सहकारीको रकम ठगी र सङ्गठित अपराध मुद्दामा उच्च अदालत बुटवलको थुनामा पठाउने आदेश शुक्रबार सदर गरेकाे हाे ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गरेकाे छ । सर्वोच्चले न्यायाधीशमाथि सामाजिक सञ्जालमा भएको लाञ्छनापूर्ण टिप्पणीप्रति ध्यानाकर्षण जनाउँदै यस्ता कार्यले न्याय सम्पादनमा अवरोध पुग्ने बताएको छ।

जिल्ला अदालत रुपन्देहीबाट सफाइ नपाएसम्म लामिछाने थुनामै रहनेछन् । हेराैं यस्ताे छ अदालतकाे पूर्णपाठः