442
Shares
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा चमत्कारिक ढंगबाट गरिबी घटेको बताउनुभएको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताउनु भयो । उहाँले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्यरुपमा भएको बताउनु भयो ।
प्रजातन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विकासको आकांक्षा रहेको र त्यसको भोक जगाउन सफल भएको बताउनु भयो । महामन्त्री थापाले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया