काँग्रेस देखिने र बुझिने गरी सरकारमा सहभागी छः उपसभापति खड्का

349 Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस देखिने गरी सरकारमा सहभागी रहेको बताउनुभएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले र काँग्रेस मिलेर अहिलेको सरकार बनेको भन्दै काँग्रेस सरकारमा छ की छैन भन्ने प्रश्न काँग्रेसका मञ्चबाट गरिनु उपयुक्त नहुने बताउनु भयो । उहाँले काँग्रेस सरकारमा देखिने, बुझिने गरी सरकारमा उपस्थित रहेको बताउनु भयो । अहिलेको परिस्थितिको एक किसिमको आवश्यकता, परिस्थिती, अहिलेको संसदको संरचना विविध कारणले हामी अहिलेको सरकारमा सहभागी बनेको बताउनु भयो । 

एउटा मिसन बनाएर मुलुकको संविधान संशोधनको संवैधानिक प्रावधानअनुसार त्यसलाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रको सुधार, आर्थिक प्रगतिको कुरासमेतलाई जोडेर आम मतदाता, जनतामा सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन लगायतका विषयलाई जोडेर  सरकारमा सहभागी रहेको बताउनु भयो । सरकारसँग रहेको गुनासाहरु सम्बोधन गर्दै जाने बताउँदै उपसभापति खड्काले अहिलेको परिस्थिती सम्हाल्न नसके कसैले सम्हाल्न नसक्ने बताउनु भयो ।