जग्गा व्यवसायलाई सहज बनाउने गरी भूमि ऐन अगाडि बढाउने काँग्रेसको निर्णय

426 Shares

काठमाडौं । नेपाली काँग्रेसले जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले प्रचलित कानून बमोजिम जग्गा खरिद गर्नसक्ने तर विक्री वितरण्न गर्न नसक्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको  पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्यमकुमार घिमिरेले जानकारी दिनुभएको हो । उहाँले सरकारकाे भूमिसम्बन्धी ऐनको आठौँ संशोधनमा देखिएका कानूनी अप्ठ्याराहरू समाधान र केही विषयहरु थप गर्ने विषयमा समेत छलफल भएको बताउनु भयो । आठौँ संशोधनले जग्गा विकासका लागि हदबन्दीभन्दा बढी जग्गा लिन सकिने व्यवस्था गरे पनि त्यसको विक्री–वितरण गर्न नपाइने नियम व्यवसायिक कार्यान्वयनमा वाधक बनेको काँग्रेसको निष्कर्ष छ । 

उहाँले सरकारले अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी तथा दलित सुकुम्वासीको समस्या समाधान गर्नेगरी ऐन ल्याउने विषयमा समेत छलफल भएको बताउनु भयो । उहाँले २०६६ सालभन्दा अगाडि खाली जग्गामा बसोवास गरिरहेका सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने प्रश्तावसहित विधेयक तयार पारिएको उल्लेख गर्दै केही बुँदाहरुमा संशोधन गरेर अघि बढ्ने निर्णय भएको छ ।  

प्रश्तावित विधेयकमा भूमि सम्बन्धी ऐन, २०२१ का विभिन्न दफा संशोधनको प्रश्ताव गरिएको छ । प्रचलित ऐनको दफा १२ मा संशोधन गरेर हदबन्दी छुटको जग्गा बेच्न दिने प्रश्ताव गरिएको हो ।